शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार

बिहीबार, ०३ कात्तिक २०७९, ११ : २२
बिहीबार, ०३ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’ सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप