आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
हिजो बुधबार पनि सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । मंगलबारको तुलनामा ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ९०० रुपैयाँ थियो । आज पनि मूल्य घटेसँगै लगातार दोस्रो दिन समेत मूल्य घटेको हो ।
यस्तै, चाँदीको मूल्यमा समेत लगातार दोस्रो दिन गिरावट आएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदी हिजो पनि सोही रकम गिरावट आएको थियो । आज चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने