बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकारीबाट ऋण मिलाउँछु भनेर ठगेको आरोपमा पक्राउ

बिहीबार, ०३ कात्तिक २०७९, १० : ५९
बिहीबार, ०३ कात्तिक २०७९

‘सहकारीबाट ऋण मिलाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कृष्णमन्दिर बस्दै आएका ५६ वर्षीय मणी कुमार थापा छन् ।

अछामको चौरपाटी गाउँपालिका घर भएका नरेन्द्र कुमार भुललाई थापाले बाँसबारीमा संचालित चण्डोल बहुउद्देश्यिय सहकारीबाट  ३० लाख ‘ऋण मिलादिन्छु’ भनेर ठगेका हुन् । आरोपीले सदस्य पहिचान फारम र शेयर दरखास्त फारम भर्न लगाएर पीडितबाट ३ लाख १२ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

थापाले आफु सो सहकारीको संचालक भएको दाबी गरेर विश्वासमा लिएर पैसा लिएपछि सम्पर्क बिहिन भएका थिए । उनलाई थप अनुसन्धान र कारवाहिका लागी जिल्ला प्र्र्रहरी परिसर टेकुमा पठाइएको एसपी कोइरालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप