विश्व चर्चित बेलायती कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स नेपालमा, सगरमाथा क्षेत्रको भ्रमण गर्ने
विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्सले सगरमाथा क्षेत्रको भ्रमण गर्ने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
पर्यटन बोर्डले ग्रिल्सलाई नेपालमा स्वागत गर्दै उनको भ्रमण सफल होस् भन्दै शुभकामनासमेत दिएको छ । यस्तै ग्रिल्सले पनि आफ्नो ट्वीटर अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै एभरेष्ट खुम्बु क्षेत्रमा परिवार र साथीभाइसँग आइपुगेकोमा आफू निकै उत्साहित भएको बताएका छन् ।
उनले सगरमाथा र आमा डब्लमको सम्झना सधैँ आफूसँग शक्तिशाली रुपमा रहनेसमेत बताएका छन् ।
उनको ट्वीटमा थुप्रैले कमेन्ट गरी नेपालमा स्वागत गरेका छन् । साथै यात्रा सुखद रहोस् भनेर कामनासमेत गरिरहेका छन् ।
को हुन् बेयर ग्रिल्स ?
बेयर ग्रिल्सको वास्तविक नाम एडवर्ड माइकल ग्रिल्स होा र उनको जन्म ७ जुन सन् १९७४ मा लण्डनमा भएको थियो । उनी अंग्रेजी, स्पेनिस, फ्रेन्च र अमेरिकी भाषाका जानकार हुन् । बाल्यकालमा नै बेयरले स्काइडाइभिङ सिकेका थिए र कराँतेमा ब्ल्याक बेल्ट हासिल गरेका थिए । बेयर ग्रिल्सले तीन वर्षसम्म बेलायती आर्मीमा सेवा दिएका छन् । सन् २००४ मा उनलाई रोयल नेभी रिजर्भमा लेफ्टिनेन्ट कमान्डर र्‌याङ्कद्वारा सम्मानित गरिएको थियो ।
बेयर ग्रिल्सले सन् १९९८ मा २३ वर्षको उमेरमा सगरमाथा चढ्ने सपना पूरा गरेका थिए । सगरमाथा आरोहण गर्नु १८ महिना अघि मात्रै प्यारासुट ग्लाइडिङका बेला उनको मेरुदण्डको हड्डी भाँच्चिएको थियो । उनले हालसम्म थुप्रै टिभी शो गरेका छन् । यसमध्ये सन् २००५ मा आएको इस्केप टु द लेजियन, म्यान भर्सेस वाइल्ड, सन् २०१० मा वर्स्ट केस सिनारियो, सन् २०११ मा बियर वाइल्ड विकेन्ड, सन् २०१३ मा गेट आउट अलाइभ, एस्केप फ्रम हेल, द आइसल्याण्ड, रनिङ वाइल्ड विद बेयर ग्रिल्स, मिशन सर्भाइभर, बेयर ग्रिल्स सर्भाइभर स्कूल, सर्भाइभर गेम्स इत्यादि चर्चित छन् । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी