पाटन दरबार क्षेत्रमा चीनबारे फोटो प्रदर्शनी, तस्बिरहरू
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको अवसरमा फ्रेन्डस् अफ सिल्क रोड क्लब–नेपालले बिहीबार ‘चीनको अद्भुत दशक’ नामक एक दिने फोटो प्रदर्शनीको आयोजना गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गरिएको सो प्रदर्शनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै पर्यटन मन्त्री श्रेष्ठले यस प्रकारको प्रदर्शनीले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ पार्ने जिकिर गरेका थिए । त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीले चीनले हासिल गरेको सफलताको बारेमा चर्चा गरेका थिए । प्रदर्शनीबाट चीनले चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको उपलब्धि र विकासबारे नेपाली जनतालाई जानकारी दिने उद्देश्य लिइएको क्लबका अध्यक्ष डा. कल्याण शर्माले बताए ।
प्रदर्शनीमा चीनको भौतिक निर्माण, ग्रामीण विकास, तिब्बतमा भइरहेको विकास, चीनको स्वास्थ्य सेवा, नेपालाई चीनको सहयोग, राष्ट्रपति सी जिनपिङका भनाई, चीनको आर्थिक विकास लगायत विषयबारे जानकारी दिइएको छ । हेरौँ केही तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक