एपीएफ 'अयोग्य' हुँदा आर्मीले जित्यो स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको महिला ४ गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । एपीएफ प्रथम भएपनि डिसक्वालिफाइड (अयोग्य) हुँदा स्वर्ण पदक आर्मीले जितेको हो ।
एपीएफका खेलाडीले ५२० मिटर भन्दा अगाडि नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो । सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
यस स्पर्धामा निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै जित जितेको छ । अन्जु खड्का, राजीना दुलाल, स्वागत खाइजु, सन्तोषी श्रेष्ठ सम्मिलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ ।
पुरुषतर्फ आर्मीका सोम कुमाल, राम प्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवार सम्मिलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जिते । रजत जितेका निर प्रताव महतो, आशिष चौधरी, शिवराज पार्की र संदिप नेपालीले ३ मिनेट २५.८२ सेकेन्डमा दुरी पार गर्दै रजत जितेको हो ।
कास्य जितेको अमृत बोट, सदन चन्द, तेजबहादुर कार्की र अरुण महतो थारुले ३ मिनेट २९.३५ सेकेन्दमा दुरी पार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण