बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफ 'अयोग्य' हुँदा आर्मीले जित्यो स्वर्ण

बिहीबार, ०३ कात्तिक २०७९, १० : ३३
बिहीबार, ०३ कात्तिक २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको महिला ४ गुणा ४०० रिलेमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । एपीएफ  प्रथम भएपनि डिसक्वालिफाइड (अयोग्य) हुँदा स्वर्ण पदक आर्मीले जितेको हो । 

एपीएफका खेलाडीले ५२० मिटर भन्दा अगाडि नै लेन परिवर्तन गरेपछि एपीएफ अयोग्य भएको हो । सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

यस स्पर्धामा निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै जित जितेको छ । अन्जु खड्का, राजीना दुलाल, स्वागत खाइजु, सन्तोषी श्रेष्ठ सम्मिलित बागमतीले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कास्य जितेको छ ।

पुरुषतर्फ आर्मीका सोम कुमाल, राम प्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवार सम्मिलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जिते । रजत जितेका निर प्रताव महतो, आशिष चौधरी, शिवराज पार्की र संदिप नेपालीले ३ मिनेट २५.८२ सेकेन्डमा दुरी पार गर्दै रजत जितेको हो । 

कास्य जितेको अमृत बोट, सदन चन्द, तेजबहादुर कार्की र अरुण महतो थारुले ३ मिनेट २९.३५ सेकेन्दमा दुरी पार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप