थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– महागरले अमानवीय व्यवहार गर्यो
काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।
मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठीबास लगाउने ?”
आफूले रोई कराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन् ।
थापाथलीस्थित प्रसूति गृहको नजिकै शर्मिलाले ठेलामा समान बेचेर गुजारा चलाउँदै आएकी थिइन् ।
त्यसैगरी हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ता चप्पल बेच्ने विमला चौलागाईंले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुडेर लगेको बताइन् । अर्की पीडित रामेछाप मन्थली घार भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चटपटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कसलाई भन्ने भन्दै भावुक भइन् ।
नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विना विकल्प रोजीरोटी खोस्ने कार्य बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद थापाले मेयर बालेन्द्र शाहले गरिब तथा स्वरोजगार नागरिकलाई अमानवीय व्यवहार गरेको भन्दै उनीविरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष समेत गरे । उनले फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरूलाई कुनैपनि विकल्प बिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोशित भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’