गुरुङको निधनप्रति क्रान्तिकारी माओवादीद्वारा दुःख व्यक्त
बिहीबार, ०३ कात्तिक २०७९, ०९ : ४९

मानवशास्त्री ओम गुरुङको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) ले दुःख व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ ले पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका गुरुङको निधनबाट आफूहरू स्तब्ध बनेको बताएका हुन् ।
‘वामपन्थी बौद्धिक व्यक्तित्वको रूपमा स्थापित गुरुङ नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका एक कर्मठ योद्धा, आदिवासी जनजाति आन्दोलनका एक वरिष्ठ नेता र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निधनले विभिन्न आन्दोलन र क्रान्तिप्रति अपूरणीय क्षति हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गुरुङको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा औषधोपचारको क्रममा असोज ३१ गते ७० वर्षको उमेरमा असामयिक निधन भएको थियो । गुरुङका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’