२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण
बिहीबार, ०३ कात्तिक २०७९, ०९ : २०

एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको २०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामा एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डको समय निकाल्दै रजत जिते । कास्य जितेका आर्मीका युवराज बिकले २२.५० सेकेन्डको समय निकाले । महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डको समय निकाल्दै रजत हात पारिन् । पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट