बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

बिहीबार, ०३ कात्तिक २०७९, ०८ : ३४
बिहीबार, ०३ कात्तिक २०७९

बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।

राजीनामा पत्रमा ब्रेभरम्यानले 'नियमहरूको प्राविधिक उल्लङ्घन' भएको स्वीकार गर्दै अगाडि भनिन्, 'मैले गल्ती गरेको छुस म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु।'

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप