आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बिहीबार, ०३ कात्तिक २०७९, ०६ : ०७
![आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै](https://rpcdn.ratopati.com/media/albums/RoS-KTM-Vitamin_A_b_aDt4UEWfcN.jpg)
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।
एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग