तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि २ लाख दिने
बुधबार, ०२ कात्तिक २०७९, २१ : ५६
जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरुप रु दुई लाख उपलब्ध गराउने भएको छ । मष्टा गाउँपालिका–१ तुफान डाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रु दुई लाख उपलब्ध गराउने जानकारी दिए ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफान डाँडामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो