शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपालाई समाप्त गर्न खोजिएपछि गठबन्धनबाट बाहिरिए : उपेन्द्र यादव

बुधबार, ०२ कात्तिक २०७९, २१ : ५२
बुधबार, ०२ कात्तिक २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसीको पार्टी भनेर समाप्त पार्न खोजिएकाले सत्ता गठबन्धनबाट बाहिरिएको खुलासा गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने ‘मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभामा ९ र प्रदेश सभा सदस्यमा २१ वटा सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चक्रभियुबाट निस्किन सफल भयौं । जसको फलस्वरूप अहिले प्रतिनिधिसभा सदस्य पदमा ८१ स्थानमा र १ सय ४५ प्रदेशसभा सदस्य पदमा गरी हुम्ला, जुम्ला, काठमाण्डौंलगायत कुल ६५ जिल्लामा जसपा पार्टीले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडदैछ ।’

संसद विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारको लागि जसपा नेपाल लगायतले ५ दलीय गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्दै उनले  कांग्रेस र माओवादी केन्द्रले जसपालाई धोका दिएको बताए । स्थानीय तहको चुनावमा जनकपुर, विराटनगर र वीरगन्ज लगायतको स्थानहरूमा धोका पाएको समेत खुलासा गरे । जसपाले एमालेसँग गठबन्धन नगरेको प्रस्ट्याउँदै चुनावी तालमेल मात्र गरेको अध्यक्ष यादवले जानकारी गराए । मधेसलाई समृद्ध बनाउन र मधेसी, आदिवासी, दलित, जनजाति, महिला, मुस्लिमलगायतका हक अधिकारको सपना सकार पार्न जसपा प्रतिबद्ध रहेको पनि उनले बताए । उनले सप्तरीबाटै पुनः चुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप