बैंकको चर्को ब्याजदरविरुद्ध व्यापारी चरणबद्ध आन्दोलनमा
रुपन्देही व्यापार संघले चर्को बैंक व्याजदरविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको व्याजदर वृद्धिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
संघले पहिलो चरणमा बिहीबार सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक्रम रहेको छ । मागको सुनुवाई नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने महासंघले जनाएको छ ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले जारी गरेको विज्ञप्तिमा पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरूबाट विना कारण पटकपटक व्याजदरमा भइरहेको बृद्धिले निकै मर्कामा परेको उल्लेख गरिएको छ । विज्ञप्तिमा बैंक, वित्तिय संस्थाहरूबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट