आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बैंकको चर्को ब्याजदरविरुद्ध व्यापारी चरणबद्ध आन्दोलनमा

बुधबार, ०२ कात्तिक २०७९, २१ : ३१
बुधबार, ०२ कात्तिक २०७९

रुपन्देही व्यापार संघले चर्को बैंक व्याजदरविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको व्याजदर वृद्धिले  गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

संघले पहिलो चरणमा बिहीबार सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक्रम रहेको छ । मागको सुनुवाई नभएमा थप एकल तथा संयुक्त आन्दोलनका कार्यक्रम तय गरिने महासंघले जनाएको छ ।

संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले जारी गरेको विज्ञप्तिमा पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरूबाट विना कारण पटकपटक व्याजदरमा भइरहेको बृद्धिले निकै मर्कामा परेको उल्लेख गरिएको छ । विज्ञप्तिमा बैंक, वित्तिय संस्थाहरूबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप