बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसका नेता पौडेल र हरिवंश आचार्यबीच भेटवार्ता

बुधबार, ०२ कात्तिक २०७९, १९ : १७
बुधबार, ०२ कात्तिक २०७९

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ। काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधवार बुढानिलकण्ठमा भेटघाट भएको हो। 

घरदैलो अभियानका क्रममा बुढानिलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ। मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। 

‘बुढानिलकण्ठ घरमै उहाँहरूबीच भेट भएको हो। सन्देहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’ ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रूपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रूपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।  

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप