कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित
बुधबार, ०२ कात्तिक २०७९, १९ : ००
![कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित](https://rpcdn.ratopati.com/media/albums/Nepali-Congress-Party-Office_5kKilwWpjK.jpg)
नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित गरेका हुन् ।
सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए ।