आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष फुटबलमा गण्डकीलाई कास्य

बुधबार, ०२ कात्तिक २०७९, १८ : ४२
बुधबार, ०२ कात्तिक २०७९

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको कास्य पदक जितेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकीले कास्य जित्यो । 

पोखरा रंगशालामा गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गोल गरे । पुरुष फुटबलको स्वर्ण पदकका लागि एपीएफ क्लब र आर्मी भिड्ने छन् ।

एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै आर्मीले गण्डकीलाई हराउँदै फाइनल पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप