टाटा मोटर्सको विद्युतीय गाडीको आपूर्तिमा वृद्धि

टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी गाडी हजारभन्दा बढी बुकिङ भएका छन् । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तीन चरणमा आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ ।
नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको जनाएको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुनपर्ने कम्पनीको भनाइ छ ।
यसैगरी फोर्ड इन्डिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता भएको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्लेटफर्म अनुरुप विकास गर्नेछ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ्ग स्टेसन र १०० वटा स्लो चार्जिङ्ग स्टेसनको स्थापना गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद