बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

महेन्द्रनगर जग्गा घोटाला प्रकरण : ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, ०२ कात्तिक २०७९, १७ : ३४
बुधबार, ०२ कात्तिक २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महेन्द्रनगर नगर विकास समितिका ३ जना तत्कालिन अध्यक्षसहित ३७ जना विरुद्ध बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए । 

आयोगले २०७९ वैशाखमा ११ मा पनि सो जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहामध्ये ५७३ विगाहा जग्गा हिनामिना भएकोबारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।

सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व्यवस्थापन गर्न दिएपनि नगर विकास समितिका अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रण गरिएको आयोगको ठहर छ । आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी र सदस्य–सचिव चन्द्रप्रसाद चौधरीसहित ३७ जनालाई विपक्षी बनाएको छ ।

आरोपीहरुले सरकारी जग्गा बोर्ड बैठकको निर्णय बिना एकल तोक आदेशको भरमा व्यक्तिको नाममा उपलब्ध गराएको आयोगको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप