माओवादीलाई चुनाव जिताउन सुकुम्बासी संघले बनायो केन्द्रीय समिति
नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । गत असोज २७ र २८ गते काठमाडौंमा सम्पन्न गरिएको संघको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनले पार्टी र वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई चुनावमा जिताउन २ हजार १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गरिएको हो । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गरेका थिए । सम्मेलनमा पोलिटब्युरो सदस्य सदस्य तथा संघको फ्याक्सन इन्चार्ज सन्तकुमार थारु, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । सम्मेलनबाट संघका उपाध्यक्ष टिकाराम गुरुङले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ । त्यस्तै, सम्मेलनले ७५ सदस्यीय केन्द्रीय समिति र १३ सदस्यीय पदाधिकारी टिम समेत चयन गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन विशेष भूमिका खेल्ने लगायतका सम्मेलनले निर्णय गरेको छ । निर्वाचनका लागी संघ विशेष क्रियाशिल हुनेछ । संघले नेपालका सम्पुर्ण भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको हक अधिकार र मुक्तिका लागि लड्दै आएको छ । बस्ती उठिबासकाविरुद्ध एकजुट भई संघर्ष गर्ने, लालपुर्जा प्राप्त नभएसम्म बस्तीहरुको रक्षा तथा भुमिहिन सुकुम्बासी एवं अव्यवस्थितहरुलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा संगठित प्रशिक्षित गर्ने कामलाई थप व्यवस्थित तुल्याइने संघले निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले सम्पुर्ण भूमिहीन सुकुम्बासीको उत्थानको लागि २०६३ मा संघको स्थापना भएको बताएका छन् । राज्यको थिचोमिचोमा पारिएका भूमिहिनहरुलाई वैचारिक दृष्टिकोणले संगठित गरेर देशैभर संगठन स्थापना गरेको उनले स्पष्ट पारे । संविधानले भूमिहिनहरुलाई जमिन दिने सुनिश्चित गरेपनि कार्यान्वयनमा सत्तामा बसेका दलहरूबाट भने आश्वस्त हुन नसकेको उनले गुनासो पोखे । नेताहरुले चुनावको मुखमा सुकुम्बासीहरुलाई बारम्बार झूटा सपना दिएर जमिन दिने भन्ने तर चुनाव जितिसकेपछि भने बिर्सने गरेको भन्दै आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे