भाट–भटेनीको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास
बुधबार, ०२ कात्तिक २०७९, १७ : ०२
सामाजिक सञ्जालमा भाट–भटेनी सुपर मार्केटको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास गरिएको छ । भाट भटेनीको नयाँ शाखा खोल्दा ५ हजारसम्म नगद पाउने भन्दै ठगी गर्ने समूहले प्रश्नोत्तर भर्न आग्रह गरेको सन्देश सामाजिक सञ्जालमा भाइरल छ ।
त्यस्ता मेसेज ‘झुटो हो, सचेत हुनुस्’ भनेर सो सुपरमार्केटले आफ्नो आधिकारिक वेभसाइटबाट सन्देश जारी गरेको छ । नक्कली आईडी बनाएर ठग्ने प्रयास भएको र त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको भाटभटेनी सुपर मार्केटका मेनेजर पानु पौडेलले रातोपाटीलाई बताए । उनले भने– ‘त्यसबारे अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अनुरोध गरेका छौं ।’
ठग्ने गिरोहले फिसिङ गरेर सेवाग्राहीको बैंक खातासम्म पहुँच बनाउन त्यस्तो सन्देश फैलाएको हुनसक्ने अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी