साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीलाई एक–एक स्वर्ण

आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधा तर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१.०१५ सेकेन्डमा पूरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै उक्त दुरी १ घण्टा ५५.२१ सेकेन्ड ४१४ मिलि सेकेन्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ८६१ मिलि सेकेन्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।
आजै भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेन्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
त्यस्तै एपीएफ हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेन्डमा पुरा गर्दै रजत पदक जितिन् । त्यसैगरी १ घण्टा २९ मिनेट ३८ सेकेन्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्काले कास्य पदक जितेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक
-
संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल
-
कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु