सुर्खेतमा समाजवादीको दाबी : हाम्रो उम्मेदवारी कुनै हालतमा फिर्ता हुँदैन

सुर्खेतमा नेकपा एकीकृत समाजवादी केन्द्रले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नगर्ने बताएको छ। बुधबार पत्रकार सम्मेलन गरेर पार्टीले नै सिफारिस गरेर दर्ता गराइएको उम्मेदवारी फिर्ता नहुने जानकारी गराएको हो ।
गठबन्धनको निर्णय अनुसार सुर्खेतमा प्रतिनिधिसभाका दुबै क्षेत्र कांग्रेस र प्रदेशसभामा ४ मध्ये २ मा कांग्रेस र २ मा माओवादीले उम्मेदवार उठाएको छ। तर समाजवादीले आफ्नो माग अनुसार कुनैपनि क्षेत्र नपाएपछि क्षेत्र नम्बर २ (१) र २ (२) मा उम्मेदवारी दर्ता गराएको हो । जस अनुसार २ (१) मा समाजवादीका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय उम्मेदवार बनेका छन् भने २ (२) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल उम्मेदवार छन् ।
गठबन्धनबाट भने २ (१) मा कांग्रेसका कालीप्रसाद शाक्य र २ (२) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार छन् पत्रकार सम्मेलनमा समाजवादीका जिल्ला इन्चार्ज उपाध्यायले भने, ‘सिट बाँडफाँडमा सबैका आ(आफ्ना कुराहरु रहे । यद्यपि कर्णालीमा हाम्रो न्युन सहभागिताको कुरा उठ्यो ।’
यहाँको प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न जुन खालको भूमिका हाम्रो रह्यो, त्यसको मूल्यांकन भएन भनेर कुरा राखेपछि नै पार्टीले टिकेट दिएको हो । उम्मेदवारी फिर्ता हुने त कुरै छैन् ।’ उपाध्यायले आफुहरुले यहाँका नेता, कार्यकर्ताको भावनालाई समेटेर उम्मेदवारी दिएको बताए । साथै उनले समाजवादीसँग सुर्खेतमा निर्णायक मत रहेको समेत दाबी गरे। ‘म दाबीका साथ भन्छु हामीसँग निर्णायक मत छ,’ उनले भने, ‘हाम्रो सबैसँग मित्रवत प्रतिस्पर्धा हुन्छ।’
उनले सुर्खेतमा गठबन्धन नभत्किएको समेत दाबी गरे। यद्यपि आफुहरुले दाबी गरेको हो कुराको सुनुवाई नभएको उनको भनाइ छ। उपाध्यायले आफ्नो उम्मेदवारी नभएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ
-
उदयपुर सिमेन्ट उद्योगका विषयमा समितिमा छलफल
-
मौरीले टोकेर एक जनाको मृत्यु
-
म्यानमार सहयोग पठाउँदै सरकार