नेपाली मुलकी परिजिता अमेरिकी भ्वाइसको अर्को चरणमा प्रवेश
बुधबार, ०२ कात्तिक २०७९, १६ : ५१
अमेरिकाको मेरिल्याण्डमा बस्दै आएकी नेपाली मुलकी परिजिता बास्तोला अमेरिकी द भ्वाइसको अर्को चरणमा प्रवेश गरेकी छिन् । उनले गत अक्टोबर १८ मा भएको गायन प्रतियोगितामा प्रतिस्पर्धी द मारिलिन्ड्सलाई उछिन्दै उनी अर्को चरणमा प्रवेश गर्न सफल भएकी हुन् ।
१७ वर्षीया बास्तोला अमेरिकामै जन्मेकी र दोस्रो पुस्ताकी युवा प्रतिभाशाली तथा उदयीमान गायिका हुन् । उनलाई निर्णायक जोन लिजेन्डले अर्को चरणमा लगेका थिए । मंगलबार उनको प्रतिस्पर्धा द मारिलिन्ड्ससँग भएको थियो । उनीहरूले बी गिजद्वारा “हाउ डिप इज योर लभ ” नामक गीत गाएका थिए ।
तर अन्त्यमा लिजेण्डले परिजितालाई छनौट गरेका थिए । दुवैको प्रस्तुती अद्वितीय रहेको थियो भने निर्णायकहरुलाई दुईमा एक जनालाई छनौट गर्न मुस्किल परेको थियो ।