आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुसलाई ‘आतंकवादी शासन’ भएको मुलुक घोषणा

बुधबार, ०२ कात्तिक २०७९, १६ : ४१
बुधबार, ०२ कात्तिक २०७९

इस्टोनियाली सांसदहरूले रुसलाई ‘आतंकवादी शासन’ भएको मुलुक घोषणा गर्दै युक्रेनी चार भूभागमा हालैको विलयको भत्र्सना गर्ने प्रस्तावना पारित गरेका छन् ।  मंगलबारका १०१ सांसदमध्ये ८८ जनाले प्रस्तावनाको पक्षमा मतदान गरेका थिए भने १० अनुपस्थित थिए । त्यस्तै उपस्थितमध्ये पनि तीन जनाले मतदान प्रक्रियामा भाग लिएका थिएनन् ।  संसदले ‘रुसलाई आतंकवादी शासन भएको मुलुक र रुसी महासंघ आतंकवादलाई समर्थन गर्ने देश घोषणा गर्दछ’ प्रस्तावनामा भनिएको छ । 

रुसी ‘राष्ट्रपति भ्लादिमिर पुटिनको शासन र उनको आणविक आक्रमणको धम्कीले रुसलाई युरोप र सारा विश्वको शान्तिका लागि सबैभन्दा ठूलो खतरामा परिणत गरेको छ’ प्रस्तावनामा भनिएको छ । पुटिनले फेब्रुअरीको अन्त्यमा छिमेकी मुलुक युक्रेनमा सेना पठाएका थिए । र उनले पश्चिमी देशहरूलाई बारम्बार चेतावनी दिँदै रुसमाथि हुने कुनै पनि आक्रमणको जवाफमा आणविक हमला गर्ने चेतावनी दिएका छन् ।  
यही महिना, रूसी राष्ट्रपतिले एक जनमत संग्रहपछि दोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजियालाई रूसमा गाभ्ने कानुनमा हस्ताक्षर गरे । 

यसअघि अगस्टमा इस्टोनियाको छिमेकी लात्भियाको संसदले मस्कोले ‘युक्रेनी जनताविरुद्ध नरसंहार मच्चाएको आरोप लगाउदै’ रुसलाई ‘आतंकवादको प्रायोजक राज्य’ घोषणा गरेको थियो । अर्को बाल्टिक मुलुक लिथुआनियाले मेमा यस्तै प्रस्ताव पारित गरेको थियो ।

लात्भियाली संसदले रुसलाई ‘आतकंवाद प्रयोजक राज्य’ घोषणा  गरेपछि रुसी संसदको माथिल्लो सदनका सदस्य सर्गेई त्सेकोभले रुसले ‘लात्भियालाई आफ्नो स्थान देखाउने जवाफी कदम उठाउने र ती कदम निक्कै पीडादायी हुने’ चेतावनी दिएका छन् ।  सोभियत शासनमा झण्डै पाँच दशक बिताएका बाल्टिक मुलुकहरु इस्टोनिया, लिथुआनिया र लात्भियाहरू युक्रेनको कट्टर समर्थक र पुटिनको सरकारका कट्टर आलोचकहरूमध्ये एक हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप