बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका थियौं : नारायणकाजी श्रेष्ठ

बुधबार, ०२ कात्तिक २०७९, १६ : ४०
बुधबार, ०२ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन् । 

‘ओली जीसँग एमसीसी फेल गर्न सहयोग गर्नुस् भनेर बानेश्वर मिटिङमा गएर बरु प्रधानमन्त्री तपाईं नै हुनुस् केही भएन । एमसीसी रोकौँ भन्दा ओलीजीले हामीलाई खिसी टिउरी गर्दै एमसीसीको पक्षमा देखिनुभयो’ श्रेष्ठले भने । श्रेष्ठका अनुसार उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु थिए ।

यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड र आफूसहितका केही नेताहरु रहेको उनले बताए । माओवादी एमसीसी फेल गर्ने पक्षमा भएपनि केपी ओली विफल पार्नासाथ नदिँदा व्याख्यात्मक टिप्पणीसहित पारित गरेको श्रेष्ठले बताए ।

अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी उनले गरे । मुलुकको एजेन्डा र बिचारको हिसाबले  माओवादीभन्दा अर्को कुनै शक्ति नभएको श्रेष्ठले जिकिर गरे । ‘माओवादी पार्टी चुनावदेखि चुनावसम्म सत्तादेखि सत्ता मात्र हाम्रो आन्दोलनको सृष्‍टि होइन, हाम्रो अभियान भनेको समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेरै छाड्ने हो’ श्रेष्ठले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप