एनआरएनए यूकेको अध्यक्षमा खड्का
बुधबार, ०२ कात्तिक २०७९, १६ : २८
गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष चुनेको छ । अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आईसीसीले पदमुक्त गरेपछि मंगलबार लन्डनमा सम्पन्न विशेष अधिवेशनले खड्कालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।
खड्का अध्यक्ष भएसँगै रिक्त उपाध्यक्ष पदमा अधिवेशनले सर्वसम्मत रुपमा दीपक श्रेष्ठलाई चयन गरेको छ।
एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष श्रेष्ठ गत निर्वाचनमा एनआरएनए यूके अध्यक्ष पदमा दोस्रो बढी मत पाउने प्रत्यासी पनि हुन्। उनले त्यसअघि एनआरएनए यूके कोषाध्यक्षका रुपमा पनि एक कार्यकाल काम गरेका थिए।
त्यस्तै, अधिवेशनले ह्यान्सन गौचन, तिलक भट्टराई र समिर भट्टराईलाई सदस्य चयन गरेको छ। अधिवेशनमा कोषाध्यक्ष विष्णु खरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’