मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा विभागको छापा

प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा असुल्ने मेन पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ पैसा असुल्ने द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा विभागले छापा मारेको हो । छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै समयमा उडान गराउने सहमति गराएको छ ।
कामदारबाट पैसा लिइरहेको भन्ने सूचनाको आधारमा विभागले छापा मारेको थियो । द रिभरले मलेसिया जान लागेका २० जना श्रमिकहरूलाई आफ्नो कम्पनीमार्फत पठाउन लागेको थियो । तर, त्यसका लागि श्रम स्वीकृति र भिसा देवान कन्सल्ट्यान्टमार्फत गरेको थियो । नियमअनुसार जुन कम्पनीले विदेश पठाउने सोही कम्पनीले भिसा र श्रम स्वीकृति गराउनुपर्छ ।
देवान कन्सल्ट्यान्टले भिसा र श्रम स्वीकृति लिई आजको उडान तालिका अनुसार उनीहरू विदेश पठाउने भनेको थियो । तर, त्यसको अघिल्लो दिन अर्थात १ कात्तिकमा विभागले छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।
विभागको टोली जाँदा उनीहरूलाई द रिभरको कार्यालयमा प्रस्थान पूर्वको जानकारी दिइरहेको थियो । त्यहाँ उपस्थित कामदारहरूसँग सोधपुछ तथा छलफल गर्दा १९ जना कामदारहरूबाट ४१ लाख ४३ हजार रूपैयाँ लिएको पाइएको विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए ।
दुवै मेनपावर व्यवसायीसँग छलफल गरेर कामदारहरूलाई तोकिएको समयमा उडाउन निर्देशन दिएको थियो । भने उनीहरूका आफन्तहरूलाई ३ दिनभित्रमा उक्त रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता गराइएको निर्देशक भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ