म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु
बुधबार, ०२ कात्तिक २०७९, १६ : ०६

महोत्तरीको बर्दिबास नगरपालीका–८ सानो किशानमा बुधबार गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन् ।
ना ३ च ५७५३ नम्बरको म्याजिकबाट मंगलबार मध्यान्ह १२ बजे खसेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष