सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राजदूत अर्यालले ओमानका सुल्तान तारिकसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

बुधबार, ०२ कात्तिक २०७९, १५ : ५७
बुधबार, ०२ कात्तिक २०७९

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानको बर्का राजदरबारमा त्यहाँका सुल्तान हाइथम बिन तारिकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजदूत अर्यालले मंगलबार राजदरबारमा सुल्तानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

त्यसअवसरमा राजदूत अर्याल नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सुल्तानको स्वास्थ्य लाभको कामना गरेका थिए । अर्यालले नेपाल र ओमानबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरे । सुल्तान  हाइथम बिन तारिकले राजदूत अर्याललाई ओमानमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप