पदक तालिकामा आर्मीको अग्रता कायमै

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ८ सय ३३ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदकसहित कुल २२० पदक हात पारिसकेको छ ।
दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्य पदकसहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ कास्य पदकसहित कुल १३५ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २२ स्वर्ण, १८ रजत र ३४ कास्यसहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदकसहित ८६ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्यसहित २२ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्यसहित ३५ पदक, प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदकसहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्यसहित ३२ पदक जितेका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्यसहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदकसहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तर्गतका खेलहरु जारी रहेका छन् भने भोलि प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा प्रतियोगिताको समापन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर