उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार
बुधबार, ०२ कात्तिक २०७९, १५ : २५

मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको छ ।
एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा