आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले घट्यो सेयर बजार, अभियान लघुवित्तको सेयरमा सर्किट ब्रेक

बुधबार, ०२ कात्तिक २०७९, १५ : २१
बुधबार, ०२ कात्तिक २०७९

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ । कारोबार समयदेखि ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १८ सय ४५ अंकमा पुगेर रोकिएको छ । यस्तै, सेन्सेटिभ समूहमा २.६६ अंक घटेर ३६२ अंकमा पुगेर रोकिएको छ ।

यसक्रममा आज २१ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । परिसूचक दोहोरो अंकले घट्दा होटल र टुरिजम समूह र म्यूचुअल फण्ड समूहमा वृद्धि देखिएको छ ।

होटल र टुरिजम समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएको छ । यसबाहेक, आज निर्जीवन बीमा समूहमा ५५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह ४५ अंक, उत्पादनमूलक ४२, वित्त समूह ३९ अंक र जलविद्युत समूह ३५ अंकले घटेको छ ।

परिसूचक घटेपनि आज २ वटा कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ८८८ रुपैयाँ पुगेको छ । यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ं.९९ प्रतिशतले बढेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप