केकीले ओके गर्लिन् त ‘प्रसाद २’ ?

अभिनेता विपिन कार्की र निर्माण युनिटको विवादका कारण रोकिएको फिल्म ‘प्रसाद २’ को छायांकन अझै सुरु हुन सकेको छैन । विपिन र निर्माण युनिटबीच विवाद मिलेपनि फिल्मको मुख्य अभिनेत्री नम्रता श्रेष्ठले छाडेको कारण छायांकन सुरु हुन नसकेको हो ।
फिल्म ‘ग्रहण’ सँग आफ्नो सेड्युल जुध्यो भन्दै नम्रताले फिल्म नभ्याउने बताएकी हुन् । नम्रता बाहिरिएपछि निर्माण युनिट अहिले नयाँ अभिनेत्रीको खोजीमा छ । जसका लागि निर्माण युनिट ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकी अधिकारीसम्म पुगेको बताइन्छ ।
केकी अधिकारी भने अहिले ‘प्रसाद २’ गर्ने नगर्ने निर्णयमा पुगेकी छैनन् । स्क्रिप्ट अध्ययन गरिरहेकोले फिल्मको विषय अहिले यही भन्न नसक्ने अभिनेत्री केकीले बताइन् । उनले भनिन्, 'स्क्रिप्ट राम्रो लाग्यो र सबैकुरो मिल्यो भने अभिनय गर्न सक्छु ।’ ‘प्रसाद’ जहाँ सकिएको थियो त्यहीँबाट ‘प्रसाद २’को कथा सुरु हुँदैछ । यो हुँदा ‘प्रसाद’ कै कलाकारहरु विपिन कार्की र नम्रता श्रेष्ठको विकल्प थिए । नम्रताले नभ्याउने भएपछि निर्माण युनिट विकल्पको खोजीमा लागेको हो ।
फिल्मको निर्देशक सुदर्शन थापाले गर्न लागेको हुन् । ‘प्रसाद’को निर्देशक भने दिनेश राउतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला