शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाइको पदचाप पछ्याउँदा चन्द्रबहादुरलाई मिलेको सफलता

बुधबार, ०२ कात्तिक २०७९, १४ : १८
बुधबार, ०२ कात्तिक २०७९

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भुपेन्द्र थापाले बक्सिङमा स्वर्ण पटक जिते । भुपेन्द्रमात्रै होइन उनका भाइसमेत उनकै पदचाप पछ्याउँदै सफलतातर्फ अघि बढेका छन् ।  पुलिस क्लबबाट खेल्ने भुपेन्द्रले केही वर्षअघि आफ्नो भाइलाई पनि पुलिस क्लबमा आवद्ध गराएका थिए । आफू जस्तै बक्सर बनाउने उनको सपनाका साथ उनले भालाई अघि बढाएका हुन् । 

भुपेन्द्रले २०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट भाइलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता बनाए । जसमा भाइ चन्द्रबहादुरले पहिलो राष्ट्रिय प्रतियोगितामा नै कास्य पदक जित्न सफल भए । अहिले फेरि नवौं खेलकुदमा चन्द्रबहादुरलेले स्वर्ण पदक जितेर आफैँमा एउटा रेकर्ड बनाएका छन् । 

गाउँमै तयारी गरेर विभागीय टोलीमा पुगेका चन्द्रबहादुर अहिले आफ्नो रोल मोडल सागका स्वर्णधारी भुपेन्द्रलाई मान्छन् । उनले गर्दा नै बक्सिङ आफू करियरमा आएको चन्द्रबहादुरको भनाइ छ । 
‘दाइको पदचाप पछ्याउँदा आज म पनि बक्सर छु । दाइले गर्दा नै म बक्सिङमा आएको हुँ । दाइले पहिलेनै यही फिल्डमा सफलता हासिल गरेको भएर मलाई झनै सहज भयो । त्यही सहजता र असहजताले आज मलाई सफल बनायो,’ चन्द्रले स्वर्ण जिते पश्चात भने । 

चन्द्रबहादुरले करियरको सुरुवातमा गाउँमा नै तयारी गरे । रोल्पामा जन्मेका चन्द्रलाई बक्सिङको विषयमा भने जानकारी दाइले नै दिन्थे । अझ सहज के थियो भने उनलाई बक्सिङको विषयमा ज्ञान लिनु पर्यो भने उनको दाइले नै सिकाउँथे । 

गाउँमा तयारी गर्दा सुरुवाती दिनमा भने केही असहज थियो । तर, पछि विभागीय टोली नेपाल पुलिस क्लबमा आएपछि भने उनलाई तयारी गर्न सहज भयो । झन् च्याम्पियन दाइ नै आफ्नो क्लबमा हुँदा झनै सहज भएको उनी बताउँछन् । 

‘करियरको सुरुवातामा मैले गाउँमा नै तयारी गरेँ । दाइले त्यसमा धेरै सहयोग गर्नुभयो । पछि विभागीय टोलीमा आउँदा धेरै राहत भयो । दाइ पनि एउटै क्लबमा हुँदा मलाई त्यसले धरै सहयोग पुगायो,’ चन्द्रबहादुरले भने । 
चन्द्रबहादुरले ५१ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । आफूले पहिले राष्ट्रिय खेलकुदमा भोगेको असफलतालाई उनले चार वर्षपछि पूरा गरे । पहिलेको राष्ट्रिय खेलकुदमा र अहिलेको राष्ट्रिय खेलकुदमा उनलाई धरै फरक थियो । 
अघिल्लो राष्ट्रिय खेलकुद हुँदा उनका दाइ भुपेन्द्रले सागमा स्वर्ण जितेका थिएनन् । तर, भुपेन्द्रसँग अन्तर्राष्ट्रिय अनुभव थियो । नवौं खेलकुद सागपछि हुँदा यसले धेरै ठूलो राहत मिल्यो । स्वर्णपछि भने अन्तर्राष्ट्रियस्तरका पटक जित्ने उनको सपना छ । ‘मेरो अबको चाहना भनेको अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा स्वर्ण जित्नु हो । मेरो लक्ष्य नै त्यही छ । त्यसमा सफल पनि हुने अपेक्षा छ,’ उनले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप