बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बागमतीकी विपना र स्वस्थानी स्वर्णका लागि भिड्ने

बुधबार, ०२ कात्तिक २०७९, १४ : १४
बुधबार, ०२ कात्तिक २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्थानी श्रेष्ठ फाइनल प्रवेश गरेकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमतीकी भावना सुनुवारलाई ११–८, ११– ४ र ११–५ सहित ३–० को सोझो सेटमा पराजित गर्दै विपना फाइनलमा प्रवेश गरेकी हुन् ।

यसैगरि अर्को सेमिफाइनल खेलमा गण्डकीकी कृष्णा थापामगरलाई बागमतीकी स्वस्थानी श्रेष्ठले १३–११, ११–७, ६–११ र ११–७ सहित ३–१ को सेटमा हराइन् । अब स्वस्थानीले स्वर्ण पदकका लागि बिहीबार बागमतीकी विपना ब्लोनसँग प्रतिस्पर्धा गर्नेछिन् । यता आठौं संस्करणको राष्ट्रिय खेलकुदको स्क्वास च्याम्पियनसमेत रहेकी गण्डकीकी कृष्णा थापामगर र बागमतीकी भावना सुनुवार कास्य पदक स्थान हासिल गरिन् ।

पुरुषतर्फको टिम इभेन्टमा बागमती प्रदेश र गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनल प्रवेश गर्यो भने एपिएफको टोलीलाई पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो ।  टिम इभेन्टतर्फ लुम्बिनी प्रदेश र एपिएफको टोलीले कास्य पदक जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप