बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

बुधबार, ०२ कात्तिक २०७९, १३ : ५८
बुधबार, ०२ कात्तिक २०७९

सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण पोखरेलले रातोपाटीलाई बताए । 

उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप