कलाकार अधिकारीको स्वास्थ्यमा सुधार
बुधबार, ०२ कात्तिक २०७९, १३ : २८

लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।
दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ । ‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् ।
६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय छन् । थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतेधान रोप्दै किसान
-
नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता
-
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
-
वसन्त कुँवर आजदेखि सेवा निवृत्त हुँदै, को बन्लान् नयाँ आईजीपी ?
-
सञ्चालनमा आउनुपर्ने वेला किन भत्काएर बनाउन थालियो ग्वार्को ओभरपास ?
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य