नवौं राष्ट्रिय खेलकुद : टेबल टेनिसमा स्यान्टु र नवितालाई स्वर्ण
नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको एकलतर्फ स्वर्ण जितेका छन् । बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् । पुरुषको फाइनलमा स्यान्टुले एपीएफका रुविन महर्जनलाई ४–१ को सेटमा पराजित गरे । उनले महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ ले हराए ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा पुरुषमा पुलिसका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक हात पारे । महिला एकलमा नविताले पुलिसकै एलिना महर्जनलाई ४(३ को सेटमा हराएर स्वर्ण जितिन् ।
नविताले एलिनालाई ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ ले पराजित गरिन् ।
महिला एकलमा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक हात पारिन् । टेबल टेनिसमा ६ स्वर्णसहित पुलिस टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो ।
त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
-
बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
-
थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’
-
मध्यरातमा भारतबाट बिरामी लिएर भट्टेडाँडा आइपुगेको एम्बुलेन्समा ट्रामाडोल