आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जुडोमा आर्मीलाई ४ स्वर्ण

बुधबार, ०२ कात्तिक २०७९, ११ : ३४
बुधबार, ०२ कात्तिक २०७९

नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् ।  मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।  पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ । 

पुलिसका खेलाडीले आर्मीलाई पछ्याउँदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो ।  लुम्बिनी र एपीएफले १÷१ रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १/१ कास्य हात पारेका छन् । 

आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजी मुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए । 

पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन् । यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पारेकी हुन् । 

गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन । सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन् । पुरुषतर्फ  ८१, ९०, १०० केजी मुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ । ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन् । यस्तै, मिक्स टिम इभेन्टमा पनि खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप