शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद : ४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण

बुधबार, ०२ कात्तिक २०७९, ११ : ०६
बुधबार, ०२ कात्तिक २०७९

विभागीय टोली एपिएफको पुरुष र त्रिभुवन आर्मी क्लबको महिलामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो ।  बुधबार पोखरा रंगशालामा भएको महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मिलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

गण्डकी प्रदेशको मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जित्दा बागमतीमा जनी दुलाल, स्वागत खाइजु, प्रकृति सुवाल र लुजाल अमात्य सम्मिलित बागमतीले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् ।

पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते ।  आर्मीको जीवन चौधरी, बिबेक थारु, युवराज बिक, डिल्ली महतो सम्मिलित टोलीले  ४२.६० सेकेन्डसहित रजत जित्यो । 

यता लुम्बिनी प्रदेशको सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित टिमले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जित्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप