मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

घाइते शरीरमा स्वर्णिम मलम

बुधबार, ०२ कात्तिक २०७९, ११ : ००
बुधबार, ०२ कात्तिक २०७९

नेपाली एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले सागमा जति खुसी देशलाई दिलाइन् त्यस्तै खुसी अहिले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशलाई पनि दिलाएकी छन् । उनी आफूलाई घाइते हुने खेलाडीको पहिलो नम्बरमा आफू भएको ठान्छिन् । तर, सफलताले भने उनलाई साथ छोडेको छैन् । दुई दिनअघि १० हजार मिटर दौडमा बागमती प्रदेशका लागि स्वर्ण जितेकी सन्तोषीले आज ५ हजार मिटर दौडमा स्वर्ण जितिन् । 

सन्तोषी अहिले पूर्ण रुपमा फिट छैनन् । उनको दुबै खुट्टामा घाउ छ । १० हजार मिटर दौडपछि उनको खुट्टामा भएको घाउ अझै निको भएको छैन। आजको खेलमा पनि उनलाई ३ हजार मिटर दौडेपछि बीचमा नै खेल छोडेर जाने सोच आएको थियो । 

सन्तोषीका गुरु रघु वन्तले बिहानै म्यासेज गरेर अन्तिम सम्म पनि फिल्डमा रहन सुझाएका थिए । उनको लक्ष्य स्वर्ण जित्नु मात्र थिएन । १० हजार मिटरलाई फलो गर्नु पनि थियो । किनकी उनी घाइते थिइन् ।  ‘आजको रेस मलाई जसरी पनि पुरा गर्नु थियो । गुरुले बिहानै म्यासेज गरेर यो रेस सुसाइड फेसमा नै जान्छ भन्नु भएको थियो । त्यसैले मैले अन्तिम सम्म टिके । त्यसको उपलब्धि स्वर्ण भयो,’ सन्तोषीले भनिन् । 

सन्तोषीको खुट्टामा घाउ भएको थियो । त्यो घाउमा पिप पनि बग्ने अवस्था थियो । दौडी रहेको अवस्थामा उनलाई खुट्टाबाट पिप बगेको अनुभव भइरहेको थियो । आजको खेलमा उनले खुट्टामा ब्यान्डेज गरेर आएकी थिइन् । सन्तोषीलाई आज उनको गुरुले दिएको हौसला याद आएको थियो । 

‘गुरुले बिहानै म्यासेज गरेर ‘बेस्ट फेस इच दी सुसाइड फेस, टुडे इज डे फर डाई’ भन्नु भएको थियो । आजको खेलमा त्यही कुरा याद आएको थियो । ३ हजार मिटर कुदेर बीचमा छोड्न मन लागेको थियो । खुट्टाबाट पिप नै आएको अवस्थामा खेल्न सक्दै भन्ने भएको थियो । फेरी आफूलाई सम्हाल्दै अन्तिमसम्म गए,’ उनले भनिन् । 

दुई दिन देखि हिड्न नसकेको अवस्थामा सन्तोषीलाई खुट्टाले साथ दिएको थिएन । बेला–बेला चोट बोकी रहने सन्तोषीलाई अहिले भने यस्तो चोटले कही फरक पर्दैन भन्ने लाग्छ । 

उनलाई आफू घाइते भएको समयमा नखेलौँ भन्दा पुरै प्रतियोगिता नै गुमाउने अवस्था आउने उनी बताउँछिन् । सन्तोषीलाई अहिले सानो चोटलाई बेवास्ता गर्ने बानी बसि सकेको छ । करिव ६ महिना घरमा नै बसेकी सन्तोषीलाई अहिले भने ट्रयाकमा नै रहूँ भन्ने लाग्छ ।

‘म इन्जुरी पहिलो नम्बर हो । मलाई चोटले कहिले छोड्दैन । सानो चोटलाई हेरेर बस्ने हो भने मैले धेरै प्रतियोगिता हरु गुमाउँछु । त्यसैले अहिले मैले सानो चोटहरुलाई बेवास्ता गर्ने गरेकी छु । ६ महिना मैले ट्रयाक छोडे अब भने छोड्दैन भन्ने लागेको छ,’ सन्तोषीले भनिन् । 

सन्तोषीलाई आज कीर्तिमान बनाउने मन थियो । उनलाई आफूले सकेको उत्कृष्ट दिँदा कीर्तिमान बनिहाल्छ भन्ने लाग्छ । त्यसैले उनले आजको खेलमा पनि उत्कृष्ट दिउँ सोचेकी थिइन । तर, आजको खेलमा उनको कीर्तिमान बन्न सकेन । 

कीर्तिमान नबन्दा उनीलाई केही निराशा भएपनि आफूले चोटमा पनि स्वर्ण जित्दा भने खुसी लागेको छ । जुन खेलाडीले जिते पनि कीर्तिमान बनोस् भन्ने सन्तोषीको सोच हुन्छ । आजको खेलमा स्पाइक र चोटले साथ दिन नसक्दा केही असहज भने उनलाई भएको थियो । 

‘म आजको खेलमा कीर्तिमान बनाउन चुके । मलाई दौडमा कुनै न कुनै खेलाडीले कीर्तिमान बनाओस् भन्ने हुन्छ । आफूले स्वर्ण जित्दा त झनै कीर्तिमान बनोस् भन्ने हुन्छ । यो पटक कीर्तिमान बनेन अब अन्य प्रतियोगितामा प्रयास गर्नेछु,’ सन्तोषीले भनिन् । 

पोखरामा दौड हुँदा सन्तोषीलाई केही सहज भएको महसुस भएको छ । काठमाडौं भन्दा पोखरामा कुद्न सहज भएको उनले महसुस गरेकी छन् । अल्टीच्युटको हिसावले पनि पोखरा राम्रो भएको उनले बताइन् । 
‘काठमाडौंभन्दा पोखरामा दौडन केही सहज छ । यहाँ अल्टीच्युटले पनि साथ दिएको छ । उसो त सबै ट्रयाकमा उस्तै हो । तर, पोखरामा मलाई केही सहज भयो,’ उनले भनिन् । 

सन्तोषीको अवको लक्ष्य भनेको अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ । त्यसका लागि आफू अब त यार हुने सन्तोषीले बताइन । राष्ट्रिय प्रतियोगिताको सफलताले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि केही सहज हुने उनको अनुभव छ । 

‘अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल हुनु हो । राष्ट्रिय प्रतियोगिताको सफलताले मलाई केही सहज हुन्छ,’ सन्तोषीले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप