जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका उच्च जोखिममा
जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका 'अत्यन्त उच्च जोखिममा' रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ ।
किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो ।
पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ ।
बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ । सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने