सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी
![सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी](https://rpcdn.ratopati.com/media/albums/sandeep-lamichhane_vz9u5CYwFb.jpg)
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
काठमाडौँको गौशाला स्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानलाई सिद्धू मूसेवालालाई जसरी हत्या गर्ने षड्यन्त्र रचिएको दाबी
-
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राजनीतिक घटनाक्रमबारे ब्रिफिङ
-
हश मनी मामिलामा प्रमाणीत आरोप उल्ट्याउन ट्रम्पको माग
-
बेरिल चक्रवातका कारण एकको मृत्यु
-
शिक्षा मन्त्रालयले सुरु गर्यो ‘करिअर काउन्सेलिङ’का लागि विशेष वेबसाइट
-
प्रचण्ड देउवा सँगसँगै, तस्बिरहरू