हाजिर जमानीमा छुटेका अपूर्व क्षितिज सिंह फेरि प्रहरीको हिरासतमा
नेवा: समुदायको भावनामा आँच पु¥याएको आरोपमा पक्राउ परेर भदौ २२ मा छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार फेरी नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।
उनीविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि हाजिर जमानीमा रिहा गरिएका सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहरा भन्छन्–‘हाजिर जमानीमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो ।’
सिंहविरुद्धको मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको एसएसपी बोहराले बताए । उनले भने–‘अब, सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ ।’
सरकारी वकिलले मुद्दा दर्ता गरेपछि प्रमुख जिल्ला अधिकारीले उनको मुद्दाबारे निर्णय गर्छन् । बुधवार जिल्ला सरकारी वकिल कार्यालयले सिंहलाई सँगै लगेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने बताइएको छ ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएका थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाट हटाएका छन् । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलमा अधिकांश विषयमा सहमति, ‘संकटग्रस्त सहकारी’को परिभाषामा मतभेद
-
एनभीएले जनायो गम्भीर ध्यानाकर्षण
-
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
-
काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
-
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
-
मधेस प्रदेश : नयाँ सरकार बनाउने प्रक्रियामा ब्रेक