नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई २९ स्वर्ण
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २९ स्वर्ण, १९ रजत र ३३ कास्य गरी कुल ८० पदक प्राप्त गरेको छ ।
विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ३ कास्य, पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कराँतेमा ७ स्वर्ण, २ रजत र ४ कास्य, कुस्तीमा ४ कास्य, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ८ स्वर्ण,३ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, ४ रजत र ११ कास्य, फुलकन्ट्याअक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, बुद्धिचालमा १ रजत, भारोत्तोलनमा ४ स्वर्ण र ३ रजत, लन टेनिसमा ३ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ८१ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ११ स्वर्ण, ९ रजत र १८ कास्य, पुरुषतर्फ १६ स्वर्ण, १० रजत र १५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण पदक जित्न सफल भएका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय १० मिटर पुरुष हर्डल्समा नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक प्राप्त गरे । उनले निर्धारित दुरी १५.८१ सेकेन्डको समयमा पुरा गरी रजत जितेका हुन् । यसैगरी एथलेटिक्सको डिस्कस थ्रोमा नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत प्राप्त गरे । उनले ३२.७५ मिटर दुरी फ्याल्दै सो पदक जितेका हुन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार भएको कुस्ती खेलमा नेपाल पुलिस क्लबका सन्धया दुवे, सालु कुमारी, बिनोद सहनी र दिपेश राउत कमकरलर कास्य पदक जितेका छन् । यसैगरी करातेमा नेपाल पुलिस क्लबका सन्तोष श्रेष्ठु, एरिका गुरुङ र नविन रसाईलीले स्वर्ण जितेका छन् भने स्विकार राई र सुनिता महर्जनले कास्य पदक जिते । यस्तै टेबल टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्स ईभेन्टमा नेपाल पुलिस क्लबका विनेश खनिया र श्यान्टु श्रेष्ठले स्वर्ण जितेका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी टिकामाया गुरुङले स्वर्ण पदक जित्न सफल भइन् । उनले स्या नचतर्फ ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका देवी कुमारी चौधरी र अशोक कुमार शाहले कास्य पदक प्राप्त गरे ।
यस्तै पोखराको सभाहलमा सोमबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका सुकदेव कार्कीले रजत जिते भने रत्न सुन्दर डाकुसी, सुरज डंगोल र सनम मुलगुठीले कास्य पदक जिते । यस्तै लन टेनिस प्रतियोगिता अन्तर्गत वुमेन्स डबल्समा नेपाल पुलिस क्लबकी बिष्णा भण्डारी र शिषम चन्दले कास्य पदक प्राप्त गरे ।
यसैगरी पोखराको फिसटेल एकेडेमीमा सोमबार भएको पौडी प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ४०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबका गौरव लामा, दिपंकर अवाले, संकर्षण बहादुर रघुवंशी र सुविज्ञ मान तुलाधर सम्मिलित टिमले रजत पदक प्राप्त गरे । उनीहरूले निर्धारित दुरी ३ मिनेट ४६.३७ सेकेन्ड समयका साथ रजत जितेका हुन् । यस्तै सोही प्रतियोगिता अन्तर्गत महिलातर्फ २०० मिटर ब्रेष्टस्ट्रोकमा नेपाल पुलिस क्लबकी अदिप्सा वैधले कास्य पदक जित्न सफल भइन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको तेक्वान्डोमा नेपाल पुलिस क्लबका इन्दिरा राई र अभिषेक बरालले स्वर्ण पदक जिते भने आशुतोष बरालले रजत पदक प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’