गठबन्धनले जिते गाउँ-गाउँमा विकासको लहर : बलदेव

आसन्न मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणि खनाल (बलदेव) ले हलसम्मको राजनीतिक उपलब्धिको रक्षा गर्न गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताएका छन् । गठबन्धनका उम्मेदवारले जिते गाउँ–गाउँमा विकासको लहर चल्ने उनले बताए ।
कपिलवस्तुको शुद्धोदनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंशिक रूपमा काम गर्न पाएको र आगामी गठन हुने गठबन्धनको ५ वर्षे सरकारले गाउँ गाउँमा विकास गर्ने बताएका हुन् ।
आगामी चुनावमा देशभर गठबन्धनको जित भएर प्रतिगामी र परिवर्तन विरोधी शक्ति पाखा लाग्ने भन्दै उनले त्यसपछि मात्र गाउँ ठाउँको विकास हुने दाबी गरे । यसअघिको चुनावमा आफूले यस क्षेत्रबाट जित हासिल गरे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अवरोधको कारण यहाँको प्राप्त विकास गर्न नसकिएको बताए ।
जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पनि अहिले गठबन्धनले जित्नै पर्ने बलदेवको दाबी छ । कार्यक्रममा एमाले तथा अरू पार्टी त्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा एमालेका प्रदेश सदस्य लगायत छन् । उनीहरुले एमाले नेतृत्वमा दास भएर बस्न नसकेपछि माओवादीमा आएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने