बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले पार्टी कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने

मङ्गलबार, ०१ कात्तिक २०७९, १९ : ०८
मङ्गलबार, ०१ कात्तिक २०७९

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।

मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप