डोटीमा ठूलो असिना पानी, भित्र्याउने बेलाको धान खेतीमा क्षति
मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : २२

डोटीमा असिनासहित ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ । आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् । उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्याएको बताएकी छन् ।
केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताइन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला